+
+
Shares

खोटाङमा मतगणना स्थल तयार, लगाइयो तारजाली

जिल्ला अदालतका तीन कोठामध्ये एक कोठामा मतपेटिका भण्डारण गर्ने र दुई कोठामा मतगणना हुने छ । मतगणना हुने कोठामा तारजालीको बार लगाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते ९:१०

१९ फागुन, खोटाङ । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले मतगणना स्थल तयार पारेको हो ।

जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन वटा कोठामा मतगणना स्थल तयार पारेको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार अदालतका तीन कोठामध्ये एक कोठामा मतपेटिका भण्डारण गर्ने र दुई वटा कोठामा मत गणना हुने छ ।

मत गणना हुने कोठामा तारजालीको बार लगाइएको छ । तारजालीको पार्टेसन गरेर कर्मचारी भित्र–बाहिर गर्न मिल्ने ढोका बनाइएको छ ।

फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सोही दिन साँझदेखि मतगणना स्थलमा मत पेटिका आउन थाल्ने र सर्वदलीय सहमतिपछि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा १ लाख ४७ हजार १२० मतदाता छन् । एक सिटका लागि जिल्लामा १३ वटा दल र दुई स्वतन्त्र गरी १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?