+
+
Shares
फ्याक्ट चेक :

गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दावीसहितको फोटोको वास्तविकता के हो ?

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दावीसहितको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १०:४६

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको दावीसहितको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचमा उक्त फोटो गगन थापासँग सम्बन्धित नभई पुरानो र फरक सन्दर्भको रहेको पुष्टि भएको छ।

के हो दावी ?

कतार लोकेशनमा रहेको ७३ हजार फलोअर्स भएको ‘Abiral Bisauni’ नामक फेसबुक प्रयोगकर्ताले फागुन १७ (मार्च १, २०२६) मा पोस्ट गरेको फोटोमा एक पुरुषले एक महिलाको खुट्टामा पैसा राखेर ढोगिरहेको देखिन्छ। पुरुष र महिला दुवैको अनुहार फोटोमा देखिन्न। पोस्टमा उक्त व्यक्ति गगन थापा भएको दाबी गरिएको छ।

यस पोस्टमा २ हजारभन्दा बढी प्रतिक्रिया, २०७ कमेन्ट र ८७ सेयर छन्।

हेर्नुहोस्  ‘Abiral Bisauni’ ले गरेको पोष्टको स्क्रिनसट

‘Abiral Bisauni’ ले गरेको पोष्टको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

११ हजार फलोअर्स रहेको धनन्जय यादव र १५ हजार फलोअर्स रहेका नमस्ते गुप्ता नामका फेसबुक प्रयोगकर्ताहरूले पनि उही दावीसहित यही फोटो पोस्ट गरेका छन्।

के हो तथ्य ?

यसबारे तथ्यजाँच गर्नका लागि हामीले फोटोलाई डाउनलोड गरी गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ। यसको नतिजामा २०७९ साल वैशाख २९ गते विहीबारको दिन रातोपाटीले समाचार प्रकाशित भएको भेटियो ।

समाचारमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा काँग्रेसको तर्फबाट उम्मेदवार रहेका अमृत खनालले मतदाताको खुट्टामा ढोगेर भोट मागेको फोटोसहितको समाचार प्रकाशित भएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको विषय उल्लेख गरिएको छ। सोधिएको स्पष्टीकरणमा जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले उनलाई सचेत गराउने निर्णय गरेकोसमेत समाचारमा भनिएको छ ।

रातोपाटी डटकममा प्रकाशित समाचारको स्क्रिनसट हेर्नुहोस्

रातोपाटीले लेखेको समाचारको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यसै घटनाबारे उज्यालो अनलाइनले पनि समाचार प्रकाशित गरेको थियो।

उक्त समाचारअनुसार:

  • खुट्टामा पैसा राखेर ढोग्ने व्यक्ति गगन थापा नभई अमृत खनाल हुन्।
  • उनी मेलम्ची–१० का वडा अध्यक्ष उम्मेदवार थिए।
  • उनले आफ्नो फुपू दिदी चेतकुमारी कार्कीलाई ढोग गर्दा १ हजार रुपैयाँ राखेको स्वीकार गरेका थिए।
  • कार्कीको मतदाता नामावली भने वडा नं. ९ मा रहेको उल्लेख छ।

उज्यालो अनलाइनले अमृत खनालको भिडियो प्रतिक्रिया र चेतकुमारी कार्कीको प्रतिक्रिया पनि सार्वजनिक गरेको थियो।

हेर्नुहोस् उज्यालो अनलाइनले प्रकाशित गरेको समाचारको स्क्रिनसट

उज्यालो अनलाइनको वास्तविक लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

यसबारे कांग्रेसबाट अध्यक्षका उम्मेदवार अमृत खनालले दिएको भिडिओ प्रतिक्रिया पनि उज्यालोले सार्वजनिक गरेको भेटियो। उज्यालो अनलाइनको आधिकारिक फेसबुक पेजमा सन् २०२२ को मे २ मा पोष्ट भएको १ मिनेट १० सेकेन्डको भिडिओमा खनालले आफूले फुपू दिदी चेतकुमारी कार्कीलाई ढोग गर्दा एक हजार रुपैयाँ राखेको विषयलाई चुनावको समयमा अतिरञ्जित गरेको प्रतिक्रिया दिएका छन्। उज्यालोको फेसबुक पोष्टको लिंक यहाँ छ

यसबाट प्रष्ट हुन्छ, भाइरल फोटो अहिलेको चुनावी सन्दर्भको नभई २०७९ सालको स्थानीय तह निर्वाचन बेलाको घटना हो। पुरानो फोटोलाई अहिले गगन थापासँग जोडेर फरक दाबीका साथ प्रस्तुत गरिएको हो।

तथ्य जाँच

दावी : गगन थापाले मतदाताको खुट्टामा पैसा राखेर ढोगेको फोटो।

दावीकर्ता : अविरल बिसौनी, धनन्जय यादव, नमस्ते गुप्ता लगायत फेसबुक प्रयोगकर्ता।

तथ्य/निश्कर्ष : भ्रामक सूचना। भाइरल फोटो गगन थापासँग सम्बन्धित छैन। उक्त फोटो २०७९ सालमा मेलम्ची नगरपालिका–१० का वडा अध्यक्ष उम्मेदवार अमृत खनालसँग सम्बन्धित पुरानो समाचारको हो। पुरानो फोटोलाई गलत सन्दर्भमा प्रस्तुत गरी भ्रम फैलाइएको हो।

अनलाइनखबर nepalfactcheck.orgको सहकार्य

सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई  ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?