+
+
Shares

मेटलाइफका ग्राहकलाई वात्सल्यमा आईभीएफ गराउँदा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्य नेचुरल आईभीएफ र मेटलाइफ नेपालबीच प्रजनन् र आईभीएफ सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
  • मेटलाइफका बीमा ग्राहक र परिवारले डिजिटल लाइफ कार्डमार्फत १५ प्रतिशतसम्म छुट र २० हजार रुपैयाँसम्मको विशेष छुट पाउनेछन्।
  • वात्सल्यले नयाँ लेजर ह्याचिङ प्रविधि सञ्चालनमा ल्याएर आईभीएफ सफलता दर बढाउने प्रयास गरिरहेको छ।

१९ फागुन, काठमाडौं । विभिन्न किसिमका प्रजनन् र आईभीएफ सेवा प्रदान गर्दै आएको वात्सल्य नेचुरल आईभीएफ र मेटलाइफ नेपालबीच विशेष सम्झौता भएको छ ।

प्रजनन् तथा आईभीएफ सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले भएको यस सम्झौताअन्तर्गत, मेटलाइफका बीमा ग्राहक र उनीहरूका एकाघरका परिवार सदस्यहरूले ‘वन बाई’ मेटलाइफ एपमा रहेको ‘डिजिटल लाइफ कार्ड मार्फत वात्सल्यका सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

यस साझेदारीपश्चात् ग्राहकले प्रमुख डायग्नोस्टिक परीक्षणहरूमा १५ प्रतिशत छुट, सम्पूर्ण आईभीएफ प्याकेजहरूमा एकमुष्ट २० हजार रुपैयाँको विशेष छुट र अन्य प्रजनन् स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुटको लाभ उठाउन सक्नेछन्।

‘यस पहलको मुख्य उद्देश्य प्रजनन् उपचारलाई अझ पहुँचयोग्य, किफायती र पूर्ण रूपमा गोप्य बनाउनु हो’ वात्सल्यले एक विज्ञप्तिमा भनेको छ । उपचारको बढ्दो लागत, समाजमा रहेको संकोच र जनचेतनाको कमी जस्ता बाधाहरूलाई सम्बोधन गर्न यसले मद्दत पुग्ने कम्पनीको भनाइ छ ।

वात्सल्य आईभीएफका मार्केटिङ हेड नविन बिष्टले भने ‘यस सहकार्यले सन्तान प्राप्तिको पर्खाइमा रहेका दम्पतीहरूलाई उत्कृष्ट उपचारसँग जोड्दै आर्थिक रूपमा समेत ठूलो राहत प्रदान गर्नेछ।’

विश्वस्तरीय प्रजनन् सेवालाई आम मानिसको पहुँचमा पुर्‍याउने प्रयासमा यो सम्झौता एउटा महत्त्वपूर्ण कदम रहेको उनले बताए ।

साथै, भ्रूण प्रत्यारोपणलाई थप प्रभावकारी बनाई आईभीएफको सफलता दर बढाउन क्लिनिकले भर्खरै मात्र अत्याधुनिक ‘लेजर ह्याचिङु’ प्रविधि समेत सञ्चालनमा ल्याएको छ। वात्सल्यले नेपालका प्रमुख ८ सहरहरूबाट आफ्नो गुणस्तरीय प्रजनन् स्वास्थ्य सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?