+
+
Shares

रामेछाप बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा भएको बस दुर्घटनाका घाइतेलाई छाउनीस्थित सैनिक अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
  • बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् र घाइतेहरूलाई सैनिक अस्पतालमा उपचार भइरहेको छ।
  • दुर्घटना मन्थलीबाट मतदान सामग्री लिएर जाँदै गरेको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो र नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको थियो।

१९ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको बस दुर्घटनाका घाइतेलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् ।

रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको बस दुर्घटना हुँदा मृत्यु एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेहरूको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।

सो अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमी आउन नदिने बताए ।

गृहमन्त्रीका साथमा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीहरू पनि अस्पताल पुगेका थिए ।

छाउनी अस्पतालका चिकित्सक नेपाली सेनाका सहायकरथी डा नम्रता महराका अनुसार घाइतेमध्ये पूजा सुनुवारको सघन उपचार कक्षा (आईसीयू) मा उपचार भइरहेको छ ।

बाँकी छ जना भीमबहादुर मानन्धर, केदारकुमार रोका, दुर्गा कार्की, कृष्णप्रसाद घिमिरे, सबिना खड्का र समरबहादुर मानन्धर मेडिकल वार्डमा उपचाररत छन् ।

मन्थलीबाट मतदान केन्द्र कालीका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?