+
+
Shares

‘तुम्बाड २’ मा जोडिए नवाजुद्दीन सिद्दीकी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय हरर फिल्म ‘तुम्बाड’ को सिक्वेल ‘तुम्बाड २’ मा नवाजुद्दीन सिद्दीकीको प्रवेश भएको निर्माता जन्तीलाल गडाले औपचारिक पुष्टि गरेका छन्।
  • नवाजुद्दीनले ‘तुम्बाड २’ मा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् र उनको पात्रले फिल्मको मनोवैज्ञानिक पक्षलाई गहिरो बनाउने बताइएको छ।
  • निर्माता सोहम शाहले नवाजुद्दीनको सहभागिताले फिल्मको भावनात्मक आयामलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

मुम्बई । प्रसिद्ध भारतीय हरर फिल्म ‘तुम्बाड’ को सिक्वेल ‘तुम्बाड २’ मा अभिनेता नवाजुद्दीन सिद्दीकी देखिने भएका छन् । निर्माताले फिल्ममा उनको प्रवेश भएको औपचारिक पुष्टि गरेका छन् । यो घोषणासँगै दर्शकको उत्साह झन् बढेको छ ।

लेयर्ड र इन्टेन्स अभिनयका लागि चिनिने नवाजुद्दीनको यो युनिभर्समा जोडिनु ठूलो क्रिएटिभ निर्णयका रूपमा हेरिएको छ । यद्यपि, उनले निर्वाह गर्ने पात्रबारे विस्तृत अहिले गोप्य राखिएको छ । स्रोतका अनुसार उनी कथामा महत्वपूर्ण भूमिकामा रहनेछन् ।

उनको पात्रले फिल्मको मनोवैज्ञानिक र भावनात्मक पक्षलाई अझ गहिरो बनाउने बताइएको छ । साथै, यसले दर्शकका नैतिक प्रश्नहरूलाई पनि चुनौती दिन सक्ने अनुमान गरिएको छ ।

सिद्दीकीले भनेका छन्, ‘म ‘तुम्बाड’ को मौलिकता र त्यसको डार्क वातावरणको सधैं प्रशंसक रहँदै आएको छु । जब सोहम शाहले सिक्वेलको भिजन सुनाउनुभयो, कथा तुरुन्तै मलाई आकर्षित गर्‍यो । यो निकै इम्मर्सिभ र प्यासनले भरिएको प्रोजेक्ट हो, जसको हिस्सा बन्न पाउँदा म उत्साहित छु ।’

शाहले यो फ्रेन्चाइजलाई अभिनेता र निर्माता दुवै रूपमा अघि बढाइरहेका छन् । उनले भनेका छन् कि नवाजजस्ता शक्तिशाली कलाकारको सहभागिताले फिल्मको भावनात्मक आयामलाई नयाँ उचाइमा पुर्‍याउनेछ । उनका अनुसार नवाज प्रत्येक पात्रमा सच्चाइ र गहिरो समर्पण लिएर आउँछन् ।

‘तुम्बाड २’ मा उनको भूमिकाले कथालाई अझ गहिरो बनाउने विश्वास गरिएको छ ।

फिल्मलाई पेन स्टुडियोजको साथ पनि प्राप्त भएको छ । निर्माता जन्तीलाल गडाले स्टुडियो सधैं उत्कृष्ट कन्टेन्टप्रति प्रतिबद्ध रहेको र ‘तुम्बाड २’ लाई ठूलो सिनेम्याटिक स्तरमा प्रस्तुत गरिने बताएका छन् ।

पेन स्टुडियोजले ‘कहानी’, ‘गंगूबाई काठियावाड़ी’ र ‘आरआरआर’ जस्ता फिल्ममार्फत बलियो पहिचान बनाएको छ । छायांकन चाँडै सुरु हुने तयारीमा रहेको ‘तुम्बाड २’ अहिले वर्षकै बहुप्रतिक्षित फिल्ममध्ये एक बनेको छ । नवाजुद्दीनको इन्ट्रीपछि यो सिक्वेल पहिलेभन्दा अझ डराउन दिने, गहिरो र सम्झनलायक बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?