+
+
Shares

‘मध्यपूर्वको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा चुनौती थपियो’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले मध्यपूर्वको द्वन्द्वले नेपालको अर्थतन्त्रमा चुनौती थपिएको बताएका छन्।
  • मध्यपूर्वका १५ देशबाट नेपालमा रेमिट्यान्स आउँछ, जसमा ४ देशको हिस्सा ३५ प्रतिशत र इरानको द्वन्द्वले ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुने देखिन्छ।
  • मध्यपूर्वको द्वन्द्वले इन्धन मूल्य बढ्ने, मूल्यवृद्धि हुने, पर्यटन क्षेत्र र विदेशी विनिमय सञ्चितिमा असर पर्ने खरेलले बताए।

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले मध्यपूर्वको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौती थपिएको बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको ‘मध्यपूर्वको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भूराजनीतिक तनाव, बाढी–पहिरो र अहिले इरानको द्वन्द्वले फेरि अर्थतन्त्र प्रभावित हुने देखिन्छ,’ खरेलले भने, ‘आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौती थपेको छ ।’

उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अर्थतन्त्र लयमा आउँदै थियो। बैंकिङ प्रणलीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिएको अवस्थामा नै मध्यपूर्वको द्वन्द्वले फेरि चुनौती थपेको खरेलको भनाइ छ ।

‘मध्यपूर्वका १७ वटा देशमध्ये १५ वटा देशबाट नेपालमा रेमिट्यान्स भित्रिने गरेको छ । यसमा पनि ४ वटा देशको हिस्सा मात्रै ३५ प्रतिशत छ’ खरेलले भने, ‘छोटो समयमा इरानको द्वन्द्व समाधान नभएमा करिब ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुने देखिन्छ ।’

उनले समग्र देशमा तत्काल यसको समस्या नदेखिएपनि रेमिट्यान्स पठाउनेहरूको घरमा भने तत्काल समस्या देखिने बताए । ६ महिनाको अवधिमा ६ लाख पर्यटक आउँदा मध्यपूर्वबाट आउने पर्यटक कम भए पनि सोही बाटो हुँदै आउने पर्यटक बढी रहेकाले यसको असर पर्यटन क्षेत्रमा समेत देखिने उनको भनाइ छ ।

मध्यपूर्वको द्वन्द्वका कारण इन्धनको मूल्य बढ्ने र त्यसको असर मूल्यमा पनि गएर जोडिने उनको तर्क छ । यसबाट सुनचाँदीको माग बढ्ने र विदेशी विनिमय सञ्चितिमा पनि प्रभाव पार्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?