+
+
Shares

कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशका १० जिल्लाका ९४१ मतदानस्थल र १,१३७ मतदान केन्द्रमा बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी र सामग्री पुगेका छन्।
  • डोल्पा, हुम्ला र मुगु जिल्लाका केही मतदान केन्द्रमा हेलिकप्टर र पैदलमार्फत निर्वाचन कर्मचारीसहित सामग्री पुर्‍याइएको छ।
  • कर्णाली प्रदेशमा पाँच लाख २७ हजार ८८६ पुरुष र पाँच लाख ९ हजार ३६१ महिला गरी दश लाख ३७ हजार मतदाता छन्।

१९ फागुन, कर्णाली । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार १० जिल्लाका ९४१ मतदानस्थल र एक हजार १३७ मतदान केन्द्रमा नेपाली सेनासहित सबै तहका सुरक्षाकर्मी र कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका हुन् ।

प्रदेशका डोल्पा, हुम्ला र मुगु जिल्लामा हेलिकप्टर र पैदलमार्फत कर्मचारी मतदान केन्द्रमा पुगिसकेको उनले बताए ।

माथिल्लो डोल्पाका २० मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरको सहयोगमा निर्वाचन कर्मचारीसहित सामग्री पुर्‍‍याइएको र तीन मतदान केन्द्रमा तीन दिनको पैदलयात्रा गरी कर्मचारीसहित निर्वाचन सामग्री पुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

उनका अनुसार यहाँ कारागारमा रहेका कैदी र कर्मचारीका लागि दुई अस्थायीसहित ७० मतदान केन्द्र रहेका छन् ।

यस्तै, जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले एक अस्थायीसहित जिल्लाका ७० वटै मतदान केन्द्रमा सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीसहित सामग्री पुगेको बताए ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले चार वटा मतदान केन्द्रमा निर्वाचन कर्मचारी र सामग्री हेलिकप्टरमार्फत पुर्‍याइएको बताए । उनका अनुसार हुम्लामा ६० मतदानस्थल तथा एक अस्थायीसहित ६५ मतदान केन्द्र रहेका छन् ।

पाँच लाख २७ हजार ८८६ पुरुष र पाँच लाख नौ हजार ३६१ महिला गरी कर्णाली प्रदेशमा दश लाख ३७ हजार मतदाता रहेका छन् । प्रदेशमा सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार ९४३ छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार ११५ मतदाता रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?