News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको वातावरण बनाउन मिडियाले सकारात्मक भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो।
- उहाँले भने, ‘निर्वाचनलाई उत्साहका साथ गर्नुपर्छ र निर्वाचनपछि सरकार गठनले शान्ति र अमनचयन कायम गर्नुपर्छ’।
- मतदानको दिनमा सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गरेर मतदातालाई मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो।
२० फागुन, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको वातावरण बनाउन मिडियाले सकारात्मक भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियामा बोल्दै उनले लोकतन्त्रको सुदृढीकरण र निर्वाचन सफल पार्न मिडियाले सकारात्मक भूमिका खेलेको बताएका हुन् ।
पत्रकारहरूको प्रशंसा गर्दै उनले भने, ‘प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सुरुदेखि नै जुन एउटा उत्साहका साथ निर्वाचन हुनैपर्छ र लयभन्दा बाहिर गएको मुलुकको अनुशासनलाई लयमा ल्याउनैपर्छ र निर्वाचनपछि निर्वाचित हुने प्रतिनिधिहरूद्वारा मुलुकमा सुशासन प्रभाव हुने र शान्ति र अमनचयन कायम हुने प्रयोजनको लागि सरकार गठन हुनुपर्छ भनेर सुरुदेखि नै लागिपर्नुभयो ।’
मुलुकमा शान्ति र अमनचयन कायम गर्ने प्रयोजनका लागि सरकार गठन हुनुपर्छ भनेर मिडियाले निरन्तर रूपमा गरेको पैरवीकै कारण निर्वाचनको पूर्वसन्ध्यामा आइपुग्न सफल भएको उनको भनाइ छ ।
मतदानको दिनमा पनि सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गरेर आम मतदातालाई निर्धक्क भई मतदान केन्द्रसम्म पुग्ने वातावरण निर्माण गरिदिन उनले सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया 4