२० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका छन् ।
लामिछानेले ह्याक गर्न पटकपटक प्रयास भए पनि अहिले आफ्नो फेसबुक आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको बताएका हुन् ।
‘पटकपटक ह्याक गर्ने प्रयास भएतापनि अन्तत:मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘चासो र चिन्ता गर्नु हुने सबैको जानकारीका लागि यो पोस्ट सार्वजनिक गर्न चाहेको छु । सबैलाई धन्यवाद ।’
फागुन १९ गते रातिदेखि लामिछानेको फेसबुक गायब भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4