+
+
Shares

मतदानपछि कुलमानले भने-जनताले विश्वास गरेर जित्छौं

मतदान गरेपछि छोटो प्रतिक्रिया दिंदै उनले भने, ‘जनताले विश्वास गरेर हामीले जित्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ७:२६

२१ फागुन, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताले विश्वास गरेर आफ्नो पार्टीले निर्वाचनमा जित्ने बताएका छन् ।

मतदान गरेपछि छोटो प्रतिक्रिया दिंदै उनले भने, ‘जनताले विश्वास गरेर हामीले जित्छौं ।’

उनले अहिलेसम्म निर्वाचनको अवस्था शान्तिपूर्ण नै रहेको प्रतिक्रिया दिएका छन् । तर, केही कतै पैसा बाँडेको भन्ने सुनेको र त्यो आफ्नै क्षेत्रमा पनि सुनिएको उनले बताए ।

पहिलो पटक आफ्नै नेतृत्वमा पार्टी खोलेर उम्मेदवार बनेका घिसिङले आज बिहान ७ बजे नै बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

घिसिङ काठमाडौं-३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?