+
+
Shares

हरिवंशले बुढानीलकण्ठबाट गरे मतदान, भन्छन्- देशले सक्षम नेतृत्व पाउनेछ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता हरिवंश आचार्यले बुढानीलकण्ठ मतदान केन्द्रबाट मतदान गरेका छन्।
  • उनले भोट हालेपछि 'देशले असल र सक्षम नेतृत्व पाउने छ' भनी आशा व्यक्त गरे।
  • हरिवंशले सुशीला कार्की नेतृत्वको सरकारलाई निर्वाचन गराएर निकास दिएकोमा बधाई दिएका छन्।

काठमाडौं । अभिनेता हरिवंश आचार्यले बुढानीलकण्ठ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले भोट हालेपछि प्रशंसकमाझ उत्साह व्यक्त गर्दै देशले असल र सक्षम नेतृत्व पाउने बताएका छन् ।

‘मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरेँ । आशा गर्छु, यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउने छ’ भोट हालेपछि हरिवंशले लेखेका छन् ।

जटिल परिस्थितीबाट देशमा निर्वाचन गराइ निकास को बाटोमा पुर्‍याएकोमा उनले सुशीला कार्की नेतृत्वको सरकालाई बधाई तथा धन्यवाद ज्ञापन समेत गरेका छन् । उनी काठमाडौं–५ का मतदाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?