News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता हरिवंश आचार्यको दाहिने आँखाको मोतिबिन्दुको शल्यक्रिया तिलगंगा आँखा प्रतिष्ठानमा गरिएको छ।
- चिकित्सक सन्दुक रुइत र रीता गुरुङको टिमले शल्यक्रिया गरेको हो र हरिवंशले सामाजिक सञ्जालबाट चिकित्सकप्रति आभार व्यक्त गरेका छन्।
- हरिवंशले १५ दिन आराम गर्न, कालो चस्मा लगाउन र आँखा नमिच्न चिकित्सकले सल्लाह दिएको अनलाइनखबरलाई बताए।
काठमाडौं । अभिनेता हरिवंश आचार्यको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा शुक्रबार उनको दाहिने आँखाको मोतिबन्दुको अप्रेसन गरिएको हो ।
चिकित्सकहरू सन्दुक रुइत र रीता गुरुङको टिमले शल्यक्रिया गरेको हो । हरिवंशले सामाजिक सञ्जालबाट भिडियो सेयर गर्दै उपचारमा संलग्न चिकित्सकप्रति आभार व्यक्त गरेका छन् ।
चिकित्सकले आफूलाई १५ दिन आराम गर्न, कालो चस्मा लगाउन, धूलो धुवाँमा नहिँड्न, आँखा नमिच्न सल्लाह दिएको हरिवंशले अनलाइनखबरलाई बताए ।
हरिवंशले आगामी फिल्मको रुपमा ‘पाँच पाण्डव’ मा अभिनय गर्दैछन् । यो फिल्म माघदेखि छायांकनमा जाने अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4