+
+
Shares

बागलुङमा ११ बजेसम्म १६ प्रतिशत मत खस्यो

मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले बिहान ११ बजेसम्म १६ प्रतिशत मतदान भएको जानकारी दिइन् ।

खेमराज गौतम खेमराज गौतम
२०८२ फागुन २१ गते ११:१६

२१ फागुन, बागलुङ । बागलुङमा बिहान ११ बजेसम्म १६ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले बिहान ११ बजेसम्म १६ प्रतिशत मतदान भएको जानकारी दिइन् । उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान कार्य चलिरहेको छ ।

बागलुङका १३० मतदान केन्द्र र ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला गरी एक लाख ९३ हजार ३८१ जना मतदाता छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राखिएको छ । बागलुङ कारागारमा ५५ मतदातामध्ये ५३ जनाले मत खसालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?