News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री रेखा थापाले चावहिलस्थित पशुपति क्याम्पसको केन्द्रबाट काठमाडौं-४ क्षेत्रबाट मतदान गरेकी छन्।
- रेखाले सामाजिक सञ्जालमा मतदानको तस्वीर सेयर गर्दै सबै दललाई 'मिलेर र मिलाएर देश बनाउन शुभकामना' दिएकी छन्।
- उनले नागरिकलाई कहाँबाट मतदान गर्दै हुनुहुन्छ भनेर सोध्दै आफ्नो मतदान क्षेत्रको जानकारी दिएकी छन्।
काठमाडौं । अभिनेत्री रेखा थापाले चावहिलस्थित पशुपति क्याम्पसको केन्द्रबाट मतदान गरेकी छन् । विहिबार देशभर शान्तिपूर्ण रुपमा निर्वाचन भैरहेको छ ।
रेखा काठमाडौं-४ की मतदाता हुन् ।
रेखाले मतदानको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै मिलेर र मिलाएर देश बनाउन दलहरूलाई शुभकामना दिएकी छन् । उनले नागरिकलाई कहाँ कहाँबाट मतदान गर्दै हुनुहुन्छ भने सोधेकी छिन् ।
रेखा लेख्छिन्, ‘ मिलेर र मिलाएर देश बनाउन शुभकामना सबै दललाई ! मैले क्षेत्र नम्बर ४ काठमाडौंबाट मतदान गरे ! तपाईंहरू कहाँबाट दिँदै हुनुहुन्छ ?’
कामको कुरा गर्दा, रेखा अभिनित फिल्म ‘३६ को आँकडा’ प्रदर्शन तयारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4