२१ फागुन, काठमाडौं । महोत्तरीमा वडाध्यक्षले नै वारेस नामामार्फत मतदान गर्न खोजेपछि विवाद भएको छ ।
बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानि मावि मतदान केन्द्रमा बर्दिबास–७ कै स्वतन्त्र उम्मेदवार बनेर जितेका वडाध्यक्ष रामसोगारथ यादवले वारेस नामामार्फत मतदान गर्न खाजेका थिए ।
त्यसपछि विवाद हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले वडाध्यक्ष यादवमाथि आक्रमण गरेका थिए । उनको नाकमा चोट लागेको प्रहरीले बताएको छ ।
यही विषयलाई लिएर यो केन्द्रको मतदान अहिले रोकिएको छ । सशस्त्र प्रहरीको थप २५ जनाको स्ट्राइकिङ टोली अहिले परिचालन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4