+
+
Shares

काठमाडौंका निर्वाचन केन्द्रमा कर्मचारीको अस्थायी मतदाता नामावली नपुग्दा अन्योल

काठमाडौंका मतदान केन्द्रमा खटिएका कर्मचारीहरुको अस्थायी मतदाता नामावलीको विवरण नपुग्दा अन्यौल सिर्जना भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १२:२६

काठमाडौं । काठमाडौंका मतदान केन्द्रमा खटिएका कर्मचारीहरुको अस्थायी मतदाता नामावलीको विवरण नपुग्दा अन्यौल सिर्जना भएको छ । तर जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सम्बन्धित निर्वाचन अधिकृतले प्रमाणित गरेको विवरणको आधारमा कर्मचारीहरुले मत हाल्न पाउने जनाएको छ ।

निर्वाचनमा खटिएका कर्मचारीहरुले आफू खटिएकै मतदान केन्द्रबाट समानुपातिकतर्फ मात्र मतदान गर्न पाउँछन् । त्यसका लागि निर्वाचन कार्यालयले कर्मचारीहरुको अस्थायी नामावली सम्बन्धित मतदान केन्द्रमा पठाइदिनुपर्छ । तर काठमाडौंका धेरैजसो केन्द्रमा कर्मचारीहरुको मतदाता नामावलीको अस्थायी विवरण पुगेको छैन ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले कर्मचारीहरुको विवरण पठाउने प्रक्रिया चलिरहेको जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘अस्थायी नामावली पुग्दैछ । यदि पुगेन भने पनि सम्बन्धित निर्वाचन अधिकृतले प्रमाणित गरेको विवरणको आधारमा मत हाल्न पाउनु हुन्छ ।’

त्यसका लागि पनि कर्मचारीहरुको मतदाता नामावलीमा नाम भने हुनुपर्छ । ‘निर्वाचन आयोगको वेबसाइटमा रहेको मतदाता नामावलीको विवरण कम्प्युटरमा हेरेर भेरिफाई गरेपछि भोट हाल्न पाइन्छ,’ जिल्ला निर्वाचन कार्यालय काठमाडौंका निर्वाचन अधिकारी भट्टराईले भने ।

उनले मतदान गर्न पाइँदैन कि भनेर चिन्ता नगर्न कर्मचारीहरुलाई अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?