News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीको बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान केन्द्रमा वडाध्यक्ष रामसोभारत यादवले वारेस नाममार्फत मतदान गर्न खोज्दा विवाद भएको थियो।
- नेकपाका कार्यकर्ताले यादवमाथि आक्रमण गर्दा उनको नाकमा चोट लागेको प्रहरीले बताएको छ।
- मतदान रोकिएको थियो, तर १२:३९ बजे छलफलपछि पुनः मतदान सुरु भएको छ।
२१ फागुन, काठमाडौं । महोत्तरीमा वडाध्यक्षले वारेस नाममार्फत मतदान गर्न खोजेपछि विवाद भएर रोकिएको मतदान पुन: सुरु भएको छ ।
बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान केन्द्रमा बर्दिबास–७ का स्वतन्त्र उम्मेदवार बनेर जितेका वडाध्यक्ष रामसोभारत यादवले वारेस नाममार्फत मतदान गर्न खाजेका थिए ।
त्यसपछि विवाद हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूले वडाध्यक्ष यादवमाथि आक्रमण गरेका थिए । सो क्रममा उनको नाकमा चोट लागेको प्रहरीले बताएको छ ।
यही विषयलाई लिएर यो केन्द्रको मतदान अहिले रोकिएको थियो । अहिले छलफलपछि १२:३९ बजेबाट पुन मतदान सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4