+
+
Shares

बागलुङ कारागारमा मतदान सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १३:०५

२१ फागुन, बागलुङ । ५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा मतदान सम्पन्न भएको छ ।

५३ कैदीबन्दी र दुई कर्मचारी गरी जम्मा ५५ मतदाता रहेको जिल्ला कारागार बागलुङमा ५३ मत खसेको छ ।

समानुपातिक प्रणालीको मात्रै मतदान हुने केन्द्रमा ९६.३६ मत खसेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिए ।

बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीमध्ये एक जना स्थानान्तरण र एक जना कैद मुक्त भइसकेकाले ५१ जना कैदीबन्दी र दुई कर्मचारीले मतदान गरेका छन् ।

मतदान सम्पन्न भएपछि दलका प्रतिनिधिको रोहबरमा मतपेटिका बुझाउने प्रकृया थालिएको छ ।

बागलुङमा दुई अस्थायी मतदान केन्द्र र  १०७ मतदानस्थल र २३०  स्थायी मतदान केन्द्रमा कुल एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?