News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको बटेश्वर गाउँपालिकाको सबै ६ मतदान केन्द्रमा अशक्त तथा अपांगका लागि ह्विलचेयरको व्यवस्था गरिएको सजिलो मतदान अभियान जारी छ।
- अभियानका संयोजक जयकृष्ण महतोले अशक्त तथा अपाङ्गता भएकालाई मतदानमा कुनै अप्ठ्यारो नहोस् भनेर यो अवधारणा अघि बढाइएको बताए।
- यो सजिलो मतदान अभियान देशमै पहिलोपटक बटेश्वर गाउँपालिकामा सुरु भएको छ।
२१ फागुन, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाको सबै मतदान केन्द्रमा सजिलो मतदान अभियान जारी छ ।
सजिलो मतदान, साझा अभियान अन्तर्गत हरेक मतदान केन्द्रमा अशक्त तथा अपांगको लागि ह्विलचेयरको व्यवस्था गरिएको छ ।
अभियानका संयोजक जयकृष्ण महतोका अनुसार ६ वटै मतदान केन्द्रमा सजिलो मतदानको व्यवस्था गरिएको हो ।
अशक्त तथा अपाङ्गता भएकाहरूलाई मतदान केन्द्रमा मत खसाल्न कुनै प्रकारको अप्ठ्यारो नहोस् भनेर यो अवधारणा अघि बढाइएको उनले बताए ।
यो अभियान देशमै पहिलोपटक बटेश्वर गाउँपालिकामा सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4