News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पाँच घण्टाभित्रै करिब २९.५ प्रतिशत मत खसेको छ।
- जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ।
- रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता छन्, जसमा महिला ७४ हजार ९ सय ७ र पुरुष ७४ हजार ६ सय ९० जना छन्।
२१ फागुन, रोल्पा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा मतदान सुरु भएको पाँच घण्टाभित्रै करिब २९.५ प्रतिशत मत खसेको छ ।
रोल्पामा मध्याह्न १२ बजेसम्म जिल्लाभर २९.५ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए ।
जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ, भने सुरक्षाकर्मीको व्यवस्था पनि कडा पारिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ जना मतदाता रहेका छन् । महिला मतदाता ७४ हजार ९ सय ७ र पुरुष मतदाता ७४ हजार ६ सय ९० जना छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4