+
+
Shares

सल्यानमा ३० प्रतिशत मत खस्यो

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रत्येक मतदान स्थलको वरपर नियमित गस्तीको व्यवस्था गरिएको छ ।

अमृतबाबु बुढाथोकी अमृतबाबु बुढाथोकी
२०८२ फागुन २१ गते १४:१०

२१ फागुन, सल्यान । सल्यानमा दिउँसो १ बजे सम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा रहेका सबै ११७ मतदान स्थलमा शान्तिपूर्ण मतदान भइरहेको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रत्येक मतदान स्थलको वरपर नियमित गस्तीको व्यवस्था गरिएको छ ।

सल्यानका प्रमुख जिल्ला अधिकारी माधवकुमार सापकोटाका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली गस्ती गरिरहेको छ । हालसम्म जिल्लामा कुनै अप्रिय घटना नघटेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?