+
+
Shares

धादिङमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:४१

२१ फागुन, धादिङ । धादिङमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतदानमा दिउँसो २ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति क्रमश: बढ्दै गएको छ ।

बिहानको समयमा तुलनात्मक रूपमा कम देखिएको मतदानदर दिउँसोतिर बढ्दै गएको बताइएको छ ।

जिल्लामा रहेका कुल मतदाता सङ्ख्या अनुसार हालसम्म करिब एकतिहाइ मत खसेको तथ्यांक प्राप्त भएको छ ।

मतदान केन्द्रहरूमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाइएको र हालसम्म कुनै ठूलो अवाञ्छित घटना नघटेको प्रशासनले जनाएको छ ।

ग्रामीण भेगका केही केन्द्रमा मतदाताको चाप बढ्दै गएको छ भने शहरी क्षेत्रमा पनि दिउँसोपछि मतदाताको सहभागिता बढ्ने अनुमान गरिएको छ ।

निर्वाचन आयोगका अनुसार मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । बाँकी समयमा मतदानदर अझ बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?