+
+
Shares

काठमाडौं-३ मा अहिलेसम्म करिब ५४ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्षेत्र नम्बर ३ मा दिउँसो २:३० बजेसम्म ५३.९ प्रतिशत मतदान सम्पन्न भइसकेको छ।
  • क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार कुल ३४ हजार ७५९ मत खसेका छन्, जसमा महिला मतदाताको संख्या १७ हजार ३ सय र पुरुष मतदाताको संख्या १७ हजार ४ सय ५९ रहेको छ।
  • हालसम्म कुनै पनि मतदान केन्द्रमा उल्लेखनीय घटना वा अवरोध नभएको र मतदान सामान्य रूपमा सञ्चालन भइरहेको छ।

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा ५३.९ प्रतिशत मतदान सम्पन्न भइसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार दिउँसो २ : ३० बजेसम्म कुल ३४ सय ७५९ मत खसेको छ, जसमा महिला मतदाताको संख्या १७ हजार ३ सय  र पुरुष मतदाताको संख्या १७ हजार ४ सय ५९ रहेको छ ।

यो क्षेत्रमा कुल ६४ सय ४ सय ७९ मतदाता छन् ।

हालसम्म कुनै पनि मतदान केन्द्रमा उल्लेखनीय घटना वा अवरोध नभएको तथा मतदान सामान्य रूपमा सञ्चालन भइरहेको जानकारी प्राप्त भएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदाताहरू ठूलो संख्यामा मतदान केन्द्रमा पुगिरहेका छन् ।

सो क्षेत्रमा युवा मतदाताको सहभागिता विशेष रूपमा उच्च देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?