२१ फागुन, काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका–८ कालीनाग मतदान स्थलमा विवाद भएको छ ।
मतदाता नामावलीमा नाम भए पनि भोटर कार्ड नभएको र सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोजेपछि विवाद भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले बताए ।
अहिले छलफल भइरहेको उनले बताए । मतदाता नामावलीमा नाम भएकाले अन्य परिचयत्रबाट मत हाल्न पाउने बताइए पनि सहकारी परिचय पत्रबारे केही उल्लेख थिएन । यही विषयमा विवाद भएको हो ।
मतदाता नामावलीमा नाम रहेकाले भोट हाल्न दिने गरी सहमति हुन लागेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4