२१ फागुन, अछाम । प्रतिनिधिसभा निर्वाचनमा अछाममा ३९.१७ प्रतिशत मात्रै मत खसेको छ । जिल्लाभर रहेका एक लाख ६५ हजार ३३७ मतदाता मध्ये ६४ हजार ७८० जनाले मात्रै मतदान गरेका हुन् ।
जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ नम्बरमा ८२ हजार ५१३ मतदाता रहेका थिए । तीमध्ये ३२ हजार ३७२ मत खसेको छ । जुन ३९.२३ प्रतिशत मात्रै हुन आउँछ ।
यस्तै अछाम–२ मा कुल ८२ हजार ८२४ मतदातामध्ये ३२ हजार ४०८ मत खसेको छ । जुन ३९.१२ प्रतिशत मात्रै हुन आउँछ ।
मतदान सकिएपछि सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी ल्याउने काम भइरहेको छ । मतपेटिका पुगेपछि भोलि शुक्रबार बिहान सर्वदलीय बैठक बसेपछि मतगणना गरिने मुख्य निर्वाचन अधिकृत रोशनकुमार भट्टराइले जानकारी दिए ।
उनकाअनुसार अछाम-१ मतगणना साँफेबगर र अछाम-२ को मतगणना सदरमुकाम मंगलसेनमा हुने भएको छ ।
प्रतिक्रिया 4