News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखामा प्रतिनिधिसभा चुनावको मतगणना २२ फागुन दिउँसो ३ बजे गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा सुरु हुने भएको छ।
- दोलखामा १ लाख ७० हजार ३२१ मतदातामध्ये ८४ हजार ४८१ जनाले मतदान गरेका छन्, जसमा ४५ हजार ४५७ पुरुष र ३९ हजार २४ महिला छन्।
- दोलखाको एकल निर्वाचन क्षेत्रमा रास्वपाका जगदीश खरेल, कांग्रेसका अजयवावु सिवाकोटी, एमालेका पार्वत गुरुङ, नेकपाका विशाल खड्का र राप्रपाका प्रविणकुमार थोकर तामाङ उम्मेदवार रहेका छन्।
२२ फागुन, दोलखा । दोलखामा अघिल्लो दिन भएको प्रतिनिधिसभा चुनावको मतगणना कार्य दिउँसो ३ बजेबाट सुरु हुने भएको छ ।
आज बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटमा हुनेछ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ८४ हजार ४८१ मत खसेको छ । जिल्लामा १ लाख ७० हजार ३२१ कुल मतदाता रहेकोमा ८४ हजार ४८१ ले मात्रै मतदान गरेका हुन् । मतदान गर्नेमा ४५ हजार ४५७ जना पुरुष र ३९ हजार २४ जना महिला रहेका छन् ।
यस क्षेत्रमा रास्वपाका जगदीश खरेल, नेपाली कांग्रेसका अजयवावु सिवाकोटी, एमालेका पार्वत गुरुङ, नेकपाका विशाल खड्का, राप्रपाका प्रविणकुमार थोकर तामाङ लगायत उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4