२२ फागुन, सल्यान । सल्यानमा जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्लले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।
हालसम्म ८ हजार ८४६ मतगणना हुँदा मल्लले तीन हजार ५९८ मत प्राप्त गरेका छन् । एक हजार ६२३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का ललितकुमार चन्दले मल्ललाई पछ्याइरहेका छन् । मल्ल र चन्दबीच एक हजार ९७५ मतान्तर छ ।
यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्टले एक हजार ४८५ मत, नेकपा एमालेका गुलाबजंग शाहले एक हजार ७७ मत र नेकपा माओवादीका चन्द्रबहादुर खड्काले ४७५ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4