+
+
Shares

सोविता गौतमले भनिन्– बालेनकै नेतृत्वमा सरकार बन्छ

‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,’ नेतृ गौतमले भनिन्, ‘यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १५:०५

२३ फागुन, चितवन । चितवन-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृ सोविता गौतमले बालेन्द्र शाह(बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् ।

निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुराकानी गर्दै नेतृ गौतमले चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने बताएकी हुन् ।

रास्वपाका पक्षमा नेपाली जनताले गरेको विश्वासलाई नतिजा दिनेगरी काममा रूपान्तरण गर्ने उनले प्रतिबद्धता जनाइन् । ‘जनताले अन्तिम आशाका रूपमा रास्वपालाई विश्वास गरेर मत दिनुभएको छ,’ नेतृ गौतमले भनिन्, ‘यसलाई गम्भीरतापूर्वक लिएर अगाडि बढ्छौँ ।’

गौतमले ५९ हजार २७७ मत ल्याएर निर्वाचनमा जित हात पारेकी हुन् । यो  अहिसम्मकै सर्वाधिक मतको जित हो । गौतमकी निकतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याइन् ।

गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६६२ रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?