News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्य लामाले ६०१४ मतसहित अग्रता लिएका छन्।
- उक्त क्षेत्रमा एमालेका अम्बरबहादुर रायमाझी ४३४९ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कम्युनिष्ट पार्टीका सुरेश राई तेस्रो स्थानमा छन्।
- यो क्षेत्रमा कुल मतदाता ९६ हजार १ सय २२ मध्ये ४६ प्रतिशत अर्थात ४४ हजार ६ सय ३४ मत खसेका छन् र १३ उम्मेदवारले प्रतिष्पर्धा गरेका थिए।
उदयपुर, २३ फागुन । उदयपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अग्रता लिएकाे छ ।
क्षेत्रको लिम्चुङबुङ, राैतामाई, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउपालिकाको वडा नम्बर १,२,३,४,५ र कटारीको वडा नम्बर १ र २ नम्बर वडा सम्मकाे परिणाम आउँदा रास्वपाका सूर्य लामाले ६०१४ मतसहित अग्रता लिएका छन् ।
लामालाई एमालेका अम्बरबहादुर रायमाझीले ४३४९ मतले पछ्याईरहेका छन् । यस क्षेत्रमा तेस्राे स्थानमा नेपाली कम्युनिष्ट पार्टीका सुरेश राईले ३०११ मत ल्याएका छन् । काँग्रेसका उम्मेदवार राम कुमार राईले भने २८३५ मत ल्याएका छन्।
यस निर्वाचन क्षेत्रमा ४६ प्रतिशत अर्थात ४४ हजार ६ सय ३४ मत खसेको छ । कटारी नगरपालिका , रौतामाई , लिम्चुङबुङ, उदयपुरगढी र ताप्ली गाउँपालिका गरी ५ स्थानीय तह रहेको यो क्षेत्रमा कुल मतदाता ९६ हजार १ सय २२ रहेका थिए । ४० वडा रहेको यस क्षेत्रमा प्रत्यक्ष तर्फ एकजना स्वतन्त्र सहित १३ उम्मेदवारले प्रतिष्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4