+
+
Shares

नवलपरासी(पूर्व)–२ मा रास्वपाका २६ वर्षीय खनाल विजयी

खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १६:१७

२३ फागुन, नवलपुर । नवलपरासी(बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार मनिष खनाल भारी मतका साथ विजयी भएका छन् । खनाल २५ हजार ५९२ मतान्तरका साथ विजयी भएका हुन् ।

खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका ओमबहादुर घर्तीमगरले तेस्रो हुँदै १४ हजार ७१३ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका गणेश महतले एक हजार ५३८ मत पाएका छन् ।

राप्रपा उम्मेदवार रुनकुमारी महतोले ९६३ मत प्राप्त गरिन् ।

यहाँ निर्वाचित भएका खनाल २६ वर्षका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?