News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा–५ मा निर्वाचित बालेन्द्र शाहले ६८ हजार ३४८ मतसहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका छन्।
- ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका थिए र बालेनसँग ४९ हजार ६१४ मतको अन्तर रह्यो।
- बालेनले प्रमाणपत्र ग्रहण गरी समर्थकहरूलाई धन्यवाद दिँदै ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद, छ’ लेखिएको ब्यानर देखाएका छन्।
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा निर्वाचित बालेन्द्र शाह (बालेन) ले मतदातालाई धन्यवाद दिएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै बालेनले आफ्ना समर्थक र मतदातासमक्ष पुगेर धन्यवाद दिएका हुन् ।
केहीबेर अघि सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले भने १८,७३४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो । उनलाई मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूबाट प्रमाणपत्र पनि ग्रहण गरिसकेका छन् ।
प्रमाणपत्र लिएसँगै उनले आफ्ना समर्थकहरूसमक्ष पुगेर एउटा ब्यानर देखाए । जहाँ लेखिएको छ, ‘तपाईंहरूलाई धेरै धेरै धन्यवाद, छ ।’
भmापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो ।
काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको थियो ।

प्रतिक्रिया 4