+
+
Shares

नेतृत्वको ठोस अभ्यासमै सुधार गर्नुपर्छः सुरेन्द्र पाण्डे

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको सर्मनाक हारपछि कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ।
  • पाण्डेले फेसबुकमा अब कसैलाई दोष दिएर उम्कने ठाउँ नरहेको उल्लेख गर्नुभएको छ।
  • उहाँले एमालेले गम्भीर आत्मसमीक्षा गर्दै संरचना, कार्यशैली र नेतृत्वमा सुधार गर्नुपर्ने बताउनुभएको छ।

२३ फागुन, काठमाडौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन् ।

पार्टीको सर्मनाक हारपछि सामाजिक सञ्जाल फेसबुक मार्फत पाण्डेले अब कसैलाई दोष दिएर उम्कने ठाउँ नरहेको उल्लेख गरेका छन् । ‘निर्वाचनको पछिल्लो परिणामले हामी सबैलाई गम्भीर रुपमा सोच्न बाध्य बनाएको छ,’ पाण्डेले लेखेका छन्, ‘जनताले दिएको सन्देश स्पष्ट छ– अब एमालेले गम्भीर आत्मसमीक्षा गर्दै आफ्नो संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ ।’

उनले जनविश्वास गुम्नुको कारणलाई इमान्दारीपूर्वक स्वीकार गरेर त्यसबाट पाठ सिक्नुपर्ने बताएका छन् । ‘आफ्ना गल्तीहरु सच्याउने साहस, नेतृत्वको शैलीमा परिवर्तन र कार्यपद्धतिमा सुधार गर्न सके हामीले फेरि जनताको भरोसा जित्न सक्छौ,’ पाण्डेले लेखेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?