+
+
Shares

समानुपातिकमा ६० लाख बढी मत गणना : यही अनुपात रहे कुन दलले कति सिट पाउलान् ?

प्रतिनिधिसभाको करिब ६० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५० प्रतिशत मत पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते २२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा निर्वाचनमा करिब ६० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५० प्रतिशत मत पाएको छ।
  • कांग्रेसले ५९ लाख ७४ हजार मत गणना हुँदा करिब १६.५ प्रतिशत मत पाएको छ र २० सिटसम्म पाउन सक्छ।
  • एमालेले ८ लाख ४८ हजार मत पाएको छ र करिब १४ प्रतिशत मत पाएको उसको अनुमानित सिट संख्या १८ छ।

२४ फागुन, काठमाडौं । प्रतिनिधिसभाको करिब ६० लाख मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब ५० प्रतिशत मत पाएको छ । अहिलेसम्मको मतगणना कुल खसेको मतको ५४ प्रतिशत हो । प्रतिनिधिसभा निर्वाचनमा करिब एक करोड १० लाख मत खसेको थियो ।

शुरुमा गणना हुँदा कुल सदर मतको ६० प्रतिशतसम्म मत पाएको रास्वपाले अहिले २९ लाख ३० हजार मत पाएको छ । उसको त्यो मत अनुपात ४९ प्रतिशत मात्रै हो । यो अनुपात उसले अन्तिम समयमसम्म पनि कायम राखे उसले समानुपातिकमा करिब ६० सिट पाउनसक्छ ।

५९ लाख ७४ हजार मत गणना हुँदा कांग्रेसले ९ लाख ८३ हजार मत पाएको छ । यो अनुपात कायम रहे कांग्रेसले २० सिटसम्म पाउन सक्छ । कांग्रेसले पाएको यो मत साढे १६ प्रतिशत हो ।

एमालेले ८ लाख ४८ हजार मत पाएको छ । १४ प्रतिशत मत पाएको उसले यो अनुपात अन्तिमसम्म कायम रहे करिब १८ सिट पाउने देखिन्छ ।

नेपाली कम्युनिष्ट पार्टीको ४ लाख ८ हजार मत छ । करिव सात प्रतिशत मत पाएको नेकपाले  यही अनुपात कायम रहे ८ सिट पाउन सक्छ ।

राप्रपाले २ लाख १० हजार मत पाएको छ । साढे ३ प्रतिशत मत पाएको राप्रपाले यो अनुपात कायम रहे ४ सिट पाउन सक्छ ।

श्रम संस्कृति पार्टीको एक लाख ६० हजार मत छ । साढे दुई प्रतिशतभन्दा केही बढी मत पाएको उसको ३ प्रतिशतको थ्रेसहोल्ड कटिसकेको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?