+
+
Shares
बलिउड :

व्यक्तित्व अधिकार संरक्षणको मुद्दामा शिल्पा शेट्टीलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुम्बई उच्च अदालतले अभिनेत्री शिल्पा शेट्टीको व्यक्तित्व अधिकारको दुरुपयोग हुन नदिन संरक्षण आदेश जारी गरेको छ।
  • अदालतले शिल्पाको नाम, तस्बिर, आवाज र व्यक्तित्व अनुमति बिना प्रयोग गर्न र डिजिटल प्लेटफर्ममा फैलिएको सामग्री हटाउन निर्देशन दिएको छ।
  • शिल्पाका कानुनी प्रतिनिधि सना रईस खानले अदालतले डिजिटल नक्कली पहिचान बनाउने खेल मैदान बन्न नदिने स्पष्ट सन्देश दिएको बताउनुभयो।

मुम्बई । पछिल्लो समय बलिउड कलाकार व्यक्तित्व अधिकार संरक्षण सम्बन्धी मागसहित अदालत धाउने क्रममा बढ्दो छ । यो मेसोमा, पछिल्लोपटक अदालतबाट राहत पाउने अभिनेत्री बनेकी छन्- शिल्पा शेट्टी ।

मुम्बई उच्च अदालतले उनको व्यक्तित्व अधिकारको दुरुपयोग हुन नदिने गरी संरक्षण प्रदान गर्ने आदेश जारी गरेको हो ।

अदालतको पछिल्लो आदेशअनुसार प्रतिवादीलाई शिल्पाको नाम, तस्बिर, आवाज, स्वरूप वा व्यक्तित्व कुनै पनि रूपमा प्रयोग गर्न वा गलत तरिकाले प्रस्तुत गर्न निषेध गरिएको छ । यसका साथै विभिन्न डिजिटल प्लेटफर्ममा फैलिएको मानहानि गर्ने र अधिकार उल्लंघन गर्ने सामग्री तुरुन्त हटाउन पनि अदालतले निर्देशन दिएको छ ।

अदालतले सार्वजनिक व्यक्तित्वको पहिचान र प्रतिष्ठालाई अनुमतिबिना व्यावसायिक रूपमा प्रयोग गर्न वा डिजिटल माध्यममा दुरुपयोग गर्न नपाइने स्पष्ट गरेको छ ।

यस विषयमा शिल्पाका कानुनी प्रतिनिधि सना रईस खानले भनिन्, ‘बम्बे उच्च अदालतले शिल्पा शेट्टीको व्यक्तित्व अधिकारसम्बन्धी मुद्दामा इन्टरनेटलाई डीपफेक र डिजिटल नक्कली पहिचान बनाउने खेल मैदान बन्न नदिने स्पष्ट सन्देश दिएको छ । अदालतले उनको व्यक्तित्व अधिकारको संरक्षण गर्दै उनको नाम, तस्बिर, आवाज र व्यक्तित्व कानुनी रूपमा मूल्यवान अधिकार भएको र उनको अनुमति बिना त्यसलाई व्यावसायिक रूपमा प्रयोग गर्न वा डिजिटल रूपमा परिवर्तन गर्न नपाइने बताएको छ ।’

उनले थपिन्, ‘यो आदेशले डिजिटल प्लेटफर्म र मध्यस्थकर्ताहरूले यस्ता सामग्री तुरुन्त हटाउनुपर्ने दायित्व रहेको पनि स्पष्ट गरेको छ । साथै प्रविधिको दुरुपयोग गरेर कसैको गरिमा र प्रतिष्ठामा आघात पुर्‍याउने काम रोक्न पनि निर्देशन दिएको छ ।’

शिल्पा अब अनलाइन माध्यममा आफ्नो पहिचान दुरुपयोग भएको मुद्दामा अदालतबाट राहत पाउने बलिउड कलाकारहरूको सूचीमा थपिएकी छन् । यसअघि काजोल, ऐश्वर्या राय बच्चन, शत्रुघन सिन्हा, अभिषेक बच्चन र सलमान खान लगायतका कलाकारले पनि यस्तै मुद्दामा कानुनी संरक्षण पाइसकेका छन् ।

शिल्पाले व्यक्तित्व अधिकारको संरक्षणको माग गर्दै सन् २०२५ को नोभेम्बरमा अदालतमा निवेदन दिएकी थिइन् । गत साता बुधबार भएको सुनुवाइका क्रममा अदालतले सम्बन्धित व्यक्तिको अनुमति बिना कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर सेलिब्रेटीहरूको व्यक्तित्व नक्कल गर्ने उपकरणको वैधानिकतामाथि प्रश्न उठाएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?