News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा छ टनभन्दा बढी मकैको बीउ किसानलाई वितरण गरेको छ।
- कृषि विकास शाखा प्रमुख मनहर कडरियाले रामपुर कम्पोजिट, अरुण–२ र मनकामना–३ जातका बीउ वितरण गरिएको बताए।
- ५०० भन्दा बढी किसानले अनुदानमा मकैको बीउ पाएका छन् र महानगर क्षेत्रमा करिब ६ हजार हेक्टरमा मकैखेती हुन्छ।
२६ फागुन, गण्डकी । पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई छ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ ।
महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० किलो र मनकामना–३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ ।
प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए ।
महानगर क्षेत्रमा करिब ६ हजार हेक्टरमा मकैखेती हुने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया 4