+
+
Shares

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको हो । प्रहरीको अनुसार प्रारम्भिक अनुसन्धानबाट घटना नियोजित देखिएको छैन । थप अनुसन्धान भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी हुँदा तीन पूर्ण रूपमा र तीनमा आंशिक क्षति पुगेको छ।
  • डीएसपी चन्द्र खड्काका अनुसार आगलागीको कारण प्रारम्भिक अनुसन्धानमा तार सर्ट भएर लागेको देखिएको छ र कुनै शंकास्पद गतिविधि भेटिएको छैन।
  • को. १ ख ६२७४ नम्बरको बसबाट आगो सुरु भएको थियो जुन बसमा एक महिनाअघि पनि आगलागी भएको थियो र राति ९ बजेतिर ग्यारेजमा प्रवेश गरेको थियो।

२७ फागुन, विराटनगर । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा  बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो ।

आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए । उनका अनुसार तीनवटा बसमा आंशिक क्षति भएको छ ।

उनका अनुसार को. १ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको  पाथिभरा दर्शन बस पनि  पूर्ण रूपमा जलेको छ ।

को. १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ ।

डीएसपी खड्काका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो देखिँदैन । बसभित्रै तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको छ,’ उनले भने, ‘सीसी टिभी फुटेज हेर्दा कुनै शंकास्पद गतिविधि पनि देखिएको छैन । थप अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार  को १ ख ६२७४  को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको थियो । ‘विराटनगर धरान रुटमा चल्ने ६२७४ नम्बरको बसमा पहिले पनि आगलागी भएको रहेछ, सुरुमा सोही बस जलेको देखिन्छ,’ डीएसपी खड्काले भने, ‘यो बस राति ९ बजेतिर पार्किङका लागि ग्यारेजमा प्रवेश गरेको देखिन्छ, साढे ९ बजेबाट आगलागी सुरु भयो, प्रहरीलाई जानकारी करिब १० बजे मात्रै पुगेको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?