+
+
Shares

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा देशभर सार्वजनिक स्थानमा ९ वटा पानी शुद्धीकरण प्रणाली स्थापना गर्ने योजना बनाएको छ।
  • बैंकले जलस्रोत वरपर सरसफाइ अभियान सञ्चालन गर्दै सुरक्षित पानी र सरसफाइको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
  • नक्साल नारायणचौरदेखि पुनः नक्सालसम्म ५ किलोमिटर प्रभातफेरी (वाकाथन) आयोजना गरी ६९७ भन्दा बढीले सहभागिता जनाएका थिए।

१५ चैत, काठमाडौं । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा गत वर्ष सुरु गरेको वाकाथन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको छ । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले स्वच्छ पानीको महत्त्वलाई उजागर गर्दै पानी स्रोतको दिगो व्यवस्थापनका लागि विश्वव्यापी रूपमा सचेतना फैलाउने लक्ष्य राखेको छ ।

सन् २०२६ को नारा ‘वाटर एन्ड जेन्डर’ले सुरक्षित पानी, सरसफाइ तथा लैङ्गिक समानता प्रवर्द्धन गर्न पानीको पहुँच र व्यवस्थापनमा समान सहभागिता तथा अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई जोड दिएको छ ।

यस विश्वव्यापी नारासँग ऐक्यबद्धता जनाउँदै सिद्धार्थ बैंकले पनि सुरक्षित पानी र सरसफाइको पहुँच सुनिश्चित गर्नुका साथै लैङ्गिक समानता प्रवद्र्धन गर्ने सन्देश प्रवाह गर्न खोजेको छ ।

‘सुरक्षित पिउने पानीमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने उद्देश्यले विश्व पानी दिवसको अवसरमा चालु आर्थिक वर्ष भित्र देशभरका सार्वजनिक स्थानहरूमा ९ वटा पानी शुद्धीकरण (वाटर प्युरिफायर) प्रणालीहरू स्थापना गर्नुका साथै जलस्रोत वरपर सरसफाई अभियान सञ्चालन गर्ने योजना रहेको छ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

यस पहलमार्फत सर्वसाधारणलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउँदै जनस्वास्थ्य प्रवद्र्धनमा योगदान पर्‍याउने बैंकको लक्ष्य छ । पानीको सदुपयोग, सरसफाइ र लैङ्गिक समानताको महत्व झल्काउने प्लेकार्डसहित बैंकले नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म ५ किलोमिटरसम्मको प्रभातफेरी (वाकाथन) आयोजना गरेको छ । बैंकले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई वाकाथनमा सहभागिताका लागि आह्वान गरेको थियो । ६९७ भन्दा बढी व्यक्ति सहभागी भएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?