+
+
Shares

ओलीमाथि अनुसन्धान हुँदा निष्पक्षता कायम होस् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते १७:२८

१५ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखि निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

‘कहिँकतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस् । निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले होस् भन्ने कुरा भनिसकिएको छ,’ प्रचण्डले भने ।

प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूहरूले नै यसअघि संसदबाट उठाएको बिषय भएको उल्लेख गरे ।

‘यो त मैले नै पहिला पार्लियामेन्टमा भनेको हो, सबैको छानबिन होस् भनेर भनेको हुँ,’ प्रचण्डले भने ।

प्रचण्डले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे विषय आफूले हेर्न नपाएको भन्दै विस्तृत रुपमा हेरेपछि प्रतिक्रिया दिने जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?