News Summary
Generated by OK AI. Editorially reviewed.- अनमोल केसीले बालकलाकारको रुपमा फिल्म ‘धर्म’बाट अभिनयमा डेब्यु गरेका थिए र अहिलेसम्म १७ फिल्ममा काम गरिसकेका छन्।
- २०८२ सालमा अनमोलले ‘फर्की फर्की’ र ‘जेरी अन टप’ नामक दुई हिट फिल्म दिए जसले उनको करिअरमा ठूलो सफलता दिलायो।
- उनको नयाँ फिल्म ‘बाटुलो जुन’ गाउँले चरित्रमा आधारित छ र आगामी वर्ष प्रदर्शनको तयारीमा छ।
काठमाडौं । अनमोल केसीले बालकलाकारको रुपमा अभिनय गर्दै फिल्म ‘धर्म’बाट अभिनयमा डेब्यु गरे । त्यसपछि ‘सुपरस्टार’ र ‘नेपाली बाबु’मा बालकलाकारको भूमिकामा देखिए ।
‘होस्टेल’ उनको करिअरको यस्तो फिल्म थियो जहाँबाट उनले पछाडि फर्केर हेर्नुपरेन । अहिलेसम्म उनले १७ फिल्ममा काम गरे । निर्माताको रुपमा ‘म तिमीबिना मरिहाल्छु’, ‘सुपरस्टार’ र ‘म त तिम्रै हुँ’बाहेक अरु फिल्ममा उनी अभिनेताको भूमिकामा छन् ।
२०८२ साल अनमोलको करिअरको हिट वर्ष बन्यो । यसवर्ष उनले एकपछि अर्को गरि दुई हिट फिल्म दिए- फर्की फर्की र जेरी अन टप । यी दुबै फिल्मले उनको करिअरमा ठूलै राहत दिए । विशेषगरि, पर्वतीय कथा र लभस्टोरी फिल्म ‘जेरी अन टप’ त उनको करिअरकै धेरै कमाउने फिल्म बन्यो । यो फिल्मले घरेलु बक्सअफिसमा १० करोडभन्दा धेरै कमाउने आँकडा पार गर्यो ।
यी दुई फिल्मबाट अनमोलले आफूलाई व्यवसायिक मात्र होइन अभिनेताको रुपमा समेत स्थापित गरे । चरित्रको विविधतामा बाँच्ने मात्र होइन, अभिनयमा केही निखारता ल्याउने प्रयास उनले गरे । चर्चित भएर पनि १० करोड कमाउन नसकेको आरोपको अनमोलले नबोलेरै खण्डन गरिदिए ।
अनमोल किन चल्दैनन् भन्ने कतिपय भाष्यलाई उनले पछिल्लो वर्ष एकपछि अर्को हिट फिल्ममार्फत खण्डन गरिदिएका छन् । यसबाहेक, होस्टेल, जेरी, ड्रीम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ र ४ उनका चर्चित फिल्म हुन् ।

‘छड्के २’ उनको करिअरको सबैभन्दा न्यून कमाइ गर्ने फिल्म बन्यो जसको ग्रस कलेक्सन २७ लाख रुपैयाँ मात्र थियो । निगम श्रेष्ठ निर्देशित यो फिल्मपछि अनमोलले करिअरमा दोस्रो इनिङ्स थालेको मानिन्छ ।
व्यवसायिक दबाबबीच अनमोलको लागि २०८२ साल स्वर्णवर्ष रह्यो । एकपछि अर्को कमर्सियल फिल्मपछि उनी अभिनित ‘बाटुलो जुन’ अहिले निर्माणको चरणमा छ । उनी पहिलोपटक यसमा गाउँले चरित्रमा देखिँदैछन् । आगामी वर्ष प्रदर्शन तयारीमा रहेको यो फिल्ममार्फत अनमोलले आफूलाई चरित्रको भिन्न आयाममा प्रस्तुत गर्दैछन् ।
उसो त अनमोलको पहिचान सहरिया पात्रको रुपमा बन्दै आएको छ । अब के ‘बाटुलो जुन’ मार्फत उनले आफूलाई ग्रामीण चरित्रमा प्रस्तुत गर्लान् ? यो भने पर्ख र हेरको कुरा हो ।
यसबाहेक, व्यवहार, आचरण, शैली र सानदार उपस्थितिले पनि उनलाई युवापुस्ताका कलाकारको भीडमा नामजस्तै अनमोल नायकको रूपमा स्थापित गरेको छ ।
कर्मको मात्र ख्याल राख्छन उनी, जसलाई कामसँग मात्र मतलब छ । नेपाली कलाकारिताभित्र हुने गरेका राजनीति र खुट्टा तानातानसँग उनी मतलब राख्दैनन् र अरूको कुरा काट्ने, छुद्रो बोल्ने र इष्र्या गर्ने जस्तासोच र व्यवहार उनीबाट कहिल्यै आएन पनि । यही विशेषताको कारण उनी कहिल्यै विवादमा आएनन् ।
देशदेखी विदेशसम्म छरिएर रहेका नेपालीमाझ ‘वाह’ गर्न लायकको क्रेज बनाएका केसीलाई आफ्नो फिल्ममा लिनका लागि हुने गरेको हानथाप र उनलाई जाने गरेको प्रस्ताब साँच्चै उल्लेखनीय छ ।
आज चल्यो भोली फ्लप, आज नाम छ भोला गुमनाम । जस्तो सोच र शैली उनी अपनाउन चाहँदैनन् । अनमोल नेपाली फिल्मकर्ममा लामो रेशको घोडा बन्न चाहन्छन । त्यस कारण पनि उनी संख्या होइन गुणात्मकतामा ध्यान दिन चाहन्छन् ।
अनमोल सोमबार जन्मदिन मनाउँदैछन् । उनलाई जन्मदिनको शुभकामना !
प्रतिक्रिया 4