+
+
Shares

पश्चिम एसियामा अमेरिकी सैनिकको तैनाथी ५० हजार नाघ्यो, सन् २००३ यताकै सर्वाधिक

अमेरिकी सैनिकको यो उपस्थितिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खार्ग टापुजस्ता रणनीतिक क्षेत्रमा ‘ग्राउन्ड अपरेसन’ गर्नसक्ने विकल्प प्रदान गरेको टिप्पणी भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १४:४१

१६ चैत, काठमाडौं । इरानसँग बढ्दो तनाव र युद्धकाबीच अमेरिकाले पश्चिम एसियामा आफ्ना सैनिकको उपस्थिति ५० हजार भन्दा बढी पुर्‍याएको छ ।

द न्युयोर्क टाइम्सका अनुसार पछिल्लो पटक थप दुई हजार ५०० मरिन्स र दुई हजार ५०० जलसैनिक पश्चिम एसिया क्षेत्रमा पुगेपछि त्यहाँ अमेरिकी सेनाको संख्या ५० हजार पार गरेको हो ।

यो संख्या सामान्य अवस्थामा हुने तैनाथीभन्दा करिब १० हजारले बढी छ । सामान्यतया: खाडी क्षेत्रका साउदी अरब, बहराइन, इराक, सिरिया, जोर्डन र कतार जस्ता देशमा गरी करिब ४० हजार अमेरिकी सैनिक तैनाथ रहन्थे ।

यसैबीच, अमेरिकी नौसेनाको सबैभन्दा ठूलो विमानवाहक जहाज यूएसएस जेराल्ड आर. फोर्ड भने मर्मतका लागि क्रोएसियाको स्प्लिट बन्दरगाह पुगेको छ ।

मार्च १२ मा जहाजको लुगा धुने कोठमा आगलागी भएपछि यसलाई रेड सीबाट फिर्ता पठाइएको थियो । यो जहाजमा रहेका ४ हजार ५०० सैनिकलाई भने अहिलेको ५० हजारको गणनामा समावेश गरिएको छैन ।

पेन्टागनले हालै ८२ औँ एयरबोर्न डिभिजनका थप २ हजार अर्धसैनिकलाई पनि इरानको पहुँचभित्र पर्ने गरी गोप्य स्थानमा तैनाथ गरेको छ ।

सैन्य विज्ञका अनुसार यो तैनाथी सन् २००३ को इराक युद्धपछिकै सबैभन्दा ठूलो हो । अमेरिकी सैनिकको यो उपस्थितिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खार्ग टापुजस्ता रणनीतिक क्षेत्रमा ‘ग्राउन्ड अपरेसन’ गर्नसक्ने विकल्प प्रदान गरेको टिप्पणी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?