News Summary
Generated by OK AI. Editorially reviewed.- गायक दीपक खरेलले २७ चैतमा प्रज्ञा प्रतिष्ठानमा अर्केस्ट्रासहितको एकल साँझ ‘इकोज अफ इटरनिटी’ आयोजना गर्नेछन्।
- कार्यक्रममा नर्वेबाट आएका ४ कलाकारसहित ५२ वाद्यवादक र १६ नेपाली कलाकारको कोरस प्रस्तुति हुनेछ।
- खरेलले १७ गीत प्रस्तुत गर्नेछन् र टिकट खल्ती एपमा उपलब्ध हुने उल्लेख गरेका छन्।
काठमाडौं । गायक दीपक खरेल २७ चैतमा प्रज्ञा प्रतिष्ठानमा गुञ्जिने भएका छन् । उक्त दिन अर्केस्ट्रासहितको एकल साँझ ‘इकोज अफ इटरनिटी’ आयोजना हुने भएको छ ।
सो अवसरमा खरेलले आफ्ना चर्चित गीतहरू ‘पूर्णिमाको रात पनि’, तिम्रो त्यो हँसिलो मुहारको’, यो कर्मभूमीको आँगनमा’, ‘प्रतिक्षा गर मेरी मायालु’, ‘बादल बनाइदेऊ’, ‘गरुँ कि मीठो भूल’ र ’बिहानीको सिरेटोमा’ सहित १७ गीत प्रस्तुत गर्ने जनाइएको छ ।
कार्यक्रममा युरोपेली मुलुक नर्वेबाट आएका ४ जना कलाकारसहित ५२ जना वाद्यवादक र १६ जना नेपाली कलाकारको कोरस प्रस्तुति हुनेछ । कार्यक्रम आयोजना सुधाकर भ्वाइलिन स्कुलले गर्न लागेको हो ।
बालबालिकादेखि बयोवृद्ध दर्शकको सहभागिता हुने बताइएको कार्यक्रमले तीन पुस्तालाई जोड्ने कार्य गर्ने अपेक्षा छ । गायक खरेलले नेपाली सुगम संगीतप्रेमीलाई अविस्मरणीय अनुभव दिनका लागि आफू तयारी गरिरहेको बताए ।
खरेलले २०३४ सालमा ‘मैले रचेको गीत’ बाट औपचारिक गायन यात्रा थालेका थिए । कार्यक्रमको टिकट खल्ती एपमा उपलब्ध हुने उल्लेख छ ।
प्रतिक्रिया 4