+
+
Shares

३१ वर्ष कैद तोकिएका फरार व्यक्ति लागु औषधसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १६:४७

१६ चैत, काठमाडौं । ३१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–१ का  २८ वर्षीय अन्जान राई छन् । उनी ३०५.७५० ग्राम लागु औषध खैरो हेराइनसहित पक्राउ परेका हुन् ।

३१ वर्ष कैद र ४ लाख ५० हजार जरिवाना तोकिएका उनी जेनजी आन्दोलनको क्रममा केन्द्रीय कागारा सुन्धाराबाट फरार भएका थिए । उनलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । उनी यसअघि चार वटा लागु औषधको मुद्दामा दोषि ठहर भएका व्यक्ति रहेको ब्यूरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

यो घटनाको अनुसन्धानको क्रममा ब्यूरोले १४ चैतमा अन्जान राई संलग्न गिरोहका ३२ वर्षीय सुवास भनिने दोर्जे तामाङ र २४ वर्षीय राहुल डंगोललाई ५२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?