+
+
Shares

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

खेमराज गौतम खेमराज गौतम
२०८२ चैत १७ गते ११:३०

१७ चैत, बागलुङ । बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका एक युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको जलजला गाउँपालिका-८ का २५ वर्षिय विशाल बिकले जाँच गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका हुन् ।

बागलुङ र पर्वतको सिमानामा पर्ने  पर्वत अस्थायी प्रहरी पोष्टको नियमित जाँचको क्रममा बिकले भागेर कालीगण्डकीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पट्टेलले बताए ।

बागलुङबाट बालुवा बोकेर पर्वततर्फ जाँदै गरेको ग१क ५२४४ नम्बरको टिपरमा  थिए । ट्रकका चालक पनि फरार रहेको प्रहरी निरीक्षक पट्टेलले जानकारी दिए ।

बिकका परिवारले भने प्रहरीले लखेटेर कालीगण्डकीमा हाम फाल्न बाध्य बनाएको आरोप लगाएका छन् । उनीहरुले बिहान सडकसमेत अवरुद्ध गरेका छन् ।

आज बिहानदेखि जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी टोलीसँगै सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले कालीगण्डकीमा बिकको खोजी गरिरहेको छ ।

टिपरका चालको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?