+
+
Shares
कांग्रेस संस्थापनइतरको भेला :

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी (तस्वीरहरू)

नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ । बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ चैत १७ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बस्दैछ।
  • बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन्।
  • बैठकमा २१ फागुनमा सम्पन्न निर्वाचन परिणाम, १५औं महाधिवेशन कार्यतालिका र तयारीबारे छलफल हुनेछ।

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ । बैठकमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू सहभागी छन् ।

धुम्बाराहीस्थित होटल स्मार्टमा बस्ने बैठकमा नेताहरू आउनेक्रम जारी छ । बैठकका लागि यो समूहले तीन वटा एजेन्डा तय गरेको छ ।

निवर्तमान केन्द्रीय सदस्य गुरु बरालका अनुसार बैठकका लागि २१ फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुनेछ ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुअघि तत्कालीन संस्थापन समूहले आगामी वैशाखको अन्तिमतिर १५ औं महाधिवेशनको कार्यतालिका पारित गरेको थियो ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १८ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले २८–३१ वैशाखमा १५ औं महाधिवेशनको कार्यतालिका पारित भएको थियो ।

१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकपछि १९ चैतमा जिल्ला सभापतिहरूको भेला पनि बोलाउने निवर्तमान कार्यवाहक सभापति खड्काले तयारी गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?