News Summary
Generated by OK AI. Editorially reviewed.- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले सार्वजनिक गरेको १०० वटा शासकीय सुधार कार्यसूची भ्रष्टाचार नियन्त्रणका लागि प्रशंसनीय सुरुवात भएको बताएको छ।
- अध्यक्ष मदनकृष्ण शर्माले नवगठित सरकारले पारित गरेको कार्यसूची जनादेशको भावना र सुशासनका विषयहरू समावेश भएको विज्ञप्तिमा उल्लेख गर्नुभयो।
- सरकारले पहिलो बैठकमा समय सीमा सहितको बृहत कार्यसूची पारित गरी जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको विज्ञप्तिमा भनिएको छ।
१७ चैत, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका लागि १०० वटा कार्यसूची भ्रष्टाचार नियन्त्रणका लागि प्रशंसनीय सुरुवात भएको बताएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरूको सूची जनादेशको भावना र माग अनुरूप हुनुका साथै धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरू अधिकांश रूपमा समावेश भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पहिलो बैठकमा नै देशलाई सुशासनतर्फ लान समय सीमा सहितको बृहत कार्यसूची पारित गर्नुले बालेन शाह नेतृत्वमा रहेको सरकारले जनताको हित र सुशासनप्रतिको प्रतिबद्धता देखाएको उल्लेख छ ।
‘बृहत कार्यसूचीमा उल्लेखित कार्यहरुको कार्यान्वयनको सुरुवात भइसक्नु सह्रानीय छ । तोकिएको समय सीमाभित्र सबै कार्यहरू सम्पन्न हुनेछन् भन्नेमा आशा र विश्वास लिएका छौं । सुशासन प्रवर्द्धनको कार्यमा आफ्नो अनुभव र विज्ञता उपलब्ध गराउन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल प्रतिबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4