+
+
Shares

बालेनलाई स्मरण गराउँदै स्ववियु अध्यक्षले राखे ग्रेटर नेपालको नक्सा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिवि विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपक जोशीले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर प्रधानमन्त्री बालेन शाहलाई स्मरण गराएका छन्।
  • जोशीले सुदूरपश्चिमको विकासका लागि सडक नपुगेको उल्लेख गर्दै लिपुलेक लिम्पियाधुरा हाम्रो हो भन्नेमा द्विविधा नरहेको बताए।
  • उनले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री बालेन शाहको फोटो पनि राखेका छन्, जसले पहिले काठमाडौं महानगरको मेयर हुँदा पनि ग्रेटर नेपालको नक्सा राखेका थिए।

१७ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपक जोशीले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

प्रधानमन्त्री बालेन शाहलाई स्मरण गराउदै उनले ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

‘प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन हो । आफू दार्चुलाबासी भएकाले पनि हो,’ उनले भने, ‘सुदूर अब दूर नहीँ भन्नु भएको थियो । लिपुलेक लिम्पियाधुरा हाम्रो हो भन्नेमा द्विविधा छैन । तर त्यहाँका जनताले भावनात्मकरुपमा महसुस गराउनु पर्‍यो ।’

अझै सडक बाटो नपुगेकाले अब त्यस ठाउँको विकासका लागि स्मरण गराएको उनले बताए ।

उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सासहित प्रधानमन्त्री बालेन शाहको फोटो पनि राखेका छन् ।

यसअघि काठमाडौं महानगरको मेयर हुँदा बालेनले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?