News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियन नेसनल युनिभर्सिटीका वैज्ञानिकहरूले इतिहासमै पहिलो पटक हीलियमका परमाणुहरू एकै समयमा दुई फरक स्थानमा अस्तित्वमा रहेको फेला पारेका छन्।
- यो खोजले करिब एक शताब्दी पुरानो क्वान्टम भविष्यवाणीलाई प्रमाणित गरेको छ र 'नेचर कम्युनिकेसन' जर्नलमा प्रकाशित भएको छ।
- यो सफलताले क्वान्टम मेकानिक्स र गुरुत्वाकर्षणबीचको सम्बन्ध बुझ्न मद्दत गर्ने र 'थ्योरी अफ एभ्रिथिङ' पत्ता लगाउन बलियो आधार खडा गर्ने विश्वास गरिएको छ।
१७ चैत, काठमाडौं ।अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) का क्वान्टम भौतिकशास्त्रीहरूले ब्रह्माण्डको एउटा निकै अनौठो र जटिल नियमलाई प्रत्यक्ष अवलोकन गरेर विज्ञान जगतमा हलचल पैदा गरेका छन्।
उनीहरूले इतिहासमै पहिलो पटक ‘हिलियम’ का परमाणुहरू एकै समयमा दुई फरक स्थानमा अस्तित्वमा रहेको (इनट्यान्गल्ड इन मोसन ) फेला पारेका हुन्।
‘नेचर कम्युनिकेसन’ जर्नलमा प्रकाशित यस अनुसन्धानका प्रमुख लेखक योगेश श्रीधर र डा. सिन हजम्यानका अनुसार, यो सफलताले करिब एक शताब्दी पुरानो क्वान्टम भविष्यवाणीलाई प्रमाणित गरेको छ।
यसअघि यस्तो प्रयोग ‘फोटोन’ (प्रकाशका कण) मा मात्र सफल भएको थियो, तर हीलियम परमाणुहरूमा पिण्ड हुने र यिनीहरूमा गुरुत्वाकर्षणले असर गर्ने हुनाले यो खोज निकै महत्त्वपूर्ण मानिएको छ।
‘एउटा कण एकैसाथ दुई ठाउँमा हुन सक्छ र यसले आफैँसँग ‘इन्टरफेयर’ गर्न सक्छ भन्ने कुरा पाठ्यपुस्तकमा पढ्न त पाइन्थ्यो, तर यसलाई प्रत्यक्ष देख्नु वास्तवमै अद्भुत छ,’ डा. हजम्यानले भने।
यो खोजले सानो स्तरको ‘क्वान्टम मेकानिक्स’ र ठूलो स्तरको ‘गुरुत्वाकर्षण’ बीचको सम्बन्ध बुझ्न मद्दत गर्ने र विज्ञानको बहुप्रतिक्षित ‘थ्योरी अफ एभ्रिथिङ’ पत्ता लगाउन एउटा बलियो आधार खडा गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया 4