+
+
Shares

पहुँचका भरमा काठमाडौं बसेका चिकित्सकलाई दरबन्दीमै फर्काइयो, को–कहाँ फर्किए ?

काज फिर्ता हुनेमा डा. दिनेश शिवाकोटी, डा. चुनु दर्नाल, डा. प्रमोद कट्टेल, डा. सोहनी बज्राचार्य, डा. श्याम किशोर चौधरी,  डा. दिवस सापकोटा र डा. रन्जु पोखरेल छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १४:२०
स्वास्थ्यमन्त्री निशा मेहता/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य मन्त्रालयले दोस्रो चरणमा ७ जना विशेषज्ञ चिकित्सकलाई काज फिर्ता गर्ने निर्णय गरेको छ।
  • पहिलो चरणमा मन्त्रालयले १४ चिकित्सकलाई काज फिर्ता गर्ने निर्णय गरिसकेको छ।
  • काज फिर्ता हुने चिकित्सकलाई दुर्गम क्षेत्रका अस्पतालमा सेवा सुनिश्चित गर्न दरबन्दी स्थानमा पठाइएको छ।

१८ चैत, काठमाडौं । स्वास्थ्य मन्त्रालयले बोल्ड निर्णय गरेको छ । वषौंसम्म शक्ति र पहुँजको भरमा सुगममा काज मिलाएर बस्दै आएका स्वास्थ्यकर्मीलाई दरबन्दीमै फकाउने निर्णय गरेको छ । मन्त्रालयले मंगलबार दोस्रो चरणमा थप ७ जना विशेषज्ञ चिकित्सकलाई काज फिर्ता गर्ने निर्णय गरेको हो ।

यसभन्दा अगाडि पहिलो चरणमा मन्त्रालयले १४ चिकित्सकलाई काज फिर्ता गर्ने निर्णय गरिसकेको छ ।

‘पहुँचको आधारमा वर्षौंसम्म चिकित्सक सुगम क्षेत्रमा बस्दै आएका थिए । पटक-पटक तोकता गर्दा पनि जान मान्नु भएको थिएन,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘पछिल्ला दिन बोल्ड निर्णय गरिएको छ । नामै तोकेर काज फिर्ता गरिएको हो ।’

सुगम क्षेत्रका अस्पतालमा वर्षौँदेखि कार्यरत रहेका चिकित्सकलाई उनीहरूको दरबन्दी स्थानमा पठाएर दुर्गमका नागरिकलाई सेवा सुनिश्चित उक्त कदम चालिएको हो ।

दोस्रो चरणमा मन्त्रालयको निर्णय अनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, र वीर अस्पताल जस्ता केन्द्रीय अस्पतालमा काजमा रहेका विशेषज्ञहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ ।

काज फिर्ता हुनेमा डा. दिनेश शिवाकोटी, डा. चुनु दर्नाल, डा. प्रमोद कट्टेल, डा. सोहनी बज्राचार्य, डा. श्याम किशोर चौधरी,  डा. दिवस सापकोटा र डा. रन्जु पोखरेल छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?