News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका छन्।
- लामिछानेले विपक्षी दलहरूलाई विधिको पालना गर्न आग्रह गर्दै सत्ता छाड्न परेपछि विदेशी चलखेल गर्ने भाषण नहुने बताए।
- उनले पारदर्शी परराष्ट्र नीति र स्वदेशी तथा विदेशी लगानीकर्तालाई सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरे।
१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विषयमा भएको भएको विरोधप्रति जवाफ फर्काएका छन् ।
बिहीबारको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले न्याय पाउने पहिलो हक शहीदकी आमाको भएको बताएका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै लामिछानेले भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन ।’
उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरे ।
त्यस्तै उनले सत्ता छाड्न परेपछि विदेशी चलखेल भनेर गरिने भाषण अब नहुने बताए ।
यसअघि सत्तामा रहेका दलहरूलाई लक्षित गर्दै उनले भने, ‘सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन । पारदर्शी परराष्ट्र नीति अब हुनेछ । यसले पहिले राष्ट्रहित सुनिश्चित हुनेछ ।’
उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शीता र सुरक्षाको ग्यारेन्टी पनि गरे ।
प्रतिक्रिया 4