+
+
Shares

संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन : रवि लामिछाने

‘अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौं भनेर कसैको माइक काटिने छैन । संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन,’ लामिछानेको प्रतिबद्धता छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १५:०४

१९ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताए ।

‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ । र अध्यादेश पनि ल्याइएको छ,’ लामिछानेले भने, ‘त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ । प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार अब दोहोरिने छैन ।’

साथै, अन्यायपूर्वक विधि नै मिचेर कसैको माइक नकाटिने बताए ।

‘अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौं भनेर कसैको माइक काटिने छैन । संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन,’ लामिछानेको प्रतिबद्धता छ ।

तर, यी सबै काम अघि बढाउँदै गर्दा सुशासनको वेग भने नरोकिने उनको भनाइ छ ।

‘तर सुशासनको वेग भने रोकिने छैन । न्याय माग्ने पहिलो हक शहीदकी आमाको हो । यसलाई प्रतिशोध भन्न पाइने छैन,’ लामिछानेले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?